Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ४ बाट रमेश रिजालको एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा प्रतिनिधि सभा क्षेत्र नं. ४ को क्षेत्रीय समितिको बैठक सोमबार सम्पन्न भएको छ । क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. ४ बाट निवर्तमान सांसद एवं कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

रिजाल पर्सा क्षेत्र नं. ४ का प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य रहिसकेका छन् । आगामी निर्वाचनमा उनी नै सबैभन्दा उपयुक्त उम्मेदवार हुने निष्कर्षसहित बैठकले सर्वसम्मत रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति यादवले बताएका छन् ।

जगरनाथपुर गाउँपालिका–५ धरमपुरमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टेर अहमद, क्षेत्र अन्तर्गतका गाउँपालिका तथा वडा सभापतिहरु, भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...