Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ४ बाट रमेश रिजालको एकल नाम सिफारिस

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा प्रतिनिधि सभा क्षेत्र नं. ४ को क्षेत्रीय समितिको बैठक सोमबार सम्पन्न भएको छ । क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. ४ बाट निवर्तमान सांसद एवं कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

रिजाल पर्सा क्षेत्र नं. ४ का प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य रहिसकेका छन् । आगामी निर्वाचनमा उनी नै सबैभन्दा उपयुक्त उम्मेदवार हुने निष्कर्षसहित बैठकले सर्वसम्मत रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति यादवले बताएका छन् ।

जगरनाथपुर गाउँपालिका–५ धरमपुरमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टेर अहमद, क्षेत्र अन्तर्गतका गाउँपालिका तथा वडा सभापतिहरु, भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...