Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

नारायणी एफएमको वार्षिकोत्सवमा समाचार वाचन प्रतियोगिता सम्पन्न, माधव तिमिल्सिना प्रथम

spot_img
spot_img

वीरगंज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता आइतबार वीरगंज नगर सभा गृहमा सम्पन्न भएको छ ।

प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय घोषित भएका छन् । प्रथम तिमिल्सिनाले नगद २० हजार, खरेलले १५ हजार र विकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, उत्कृष्ट प्रस्तुति दिँदै सान्त्वना पुरस्कार हासिल गर्ने सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको एफएमले जनाएको छ ।

कार्यक्रम नारायणी एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा तथा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, पर्सा प्रहरीका प्रमुख एसपी सुदिपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नारायणी एफएमका प्रबन्ध निर्देशक शिवनाथ यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...