Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्सामा रास्वपाको ‘र्‍यापिड एक्सन टिम’ गठन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्लास्तरिय र्‍यापिड एक्सन टिम (आरएटी) गठन गरेको छ । शनिबार वीरगंजस्थित कन्ट्री इन होटलको सभाहलमा भएकाे रास्वपाकाे एक भेलामा पर्सा जिल्ला आरएटी समिति घोषणा गरिएकाे हाे ।

कृष्णा नन्द ओझा नेतृत्वको २२ सदस्यीय उक्त समितिमा उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली, सह–सचिवमा सुनिल पटेल र विक्की कुमार ओझा रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रीयान्सु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा समावेश छन् ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै रास्वपा पर्सा अध्यक्ष हरी पन्तले रेट पार्टीको अत्यन्त महत्वपूर्ण संरचना भएको उल्लेख गर्दै अनुशासित भई आम जनताको सुख–दुःखमा साथ दिन आग्रह गरे । उनले आसन्न निर्वाचनमा आरएटीले रचनात्मक तथा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सह–सचिव कृष्ण पासवानको सहजीकरणमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति जीतेन्द्र मिश्र, फैयाद मिया, राम आर्या, मनोज कुमार कुर्मी, पूर्ण सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

रास्वपाले दैवी प्रकोप, निर्वाचन लगायत विशेष परिस्थितिमा आरएटी कमिटीलाई सक्रिय रुपमा परिचालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...