Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा क्षेत्र नं. ३ मा रुपेश पाण्डे सक्रिय: टिकट कसबाट ? अझै खुलासा छैन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीब्र बनेको छ । प्रतिनिधि सभा सदस्यमा चुनवा लडने तयारी अन्तर्गत पछिल्लो तीन वर्षदेखि गृहक्षेत्रमा निरन्तर जनसम्पर्क, गृहकार्य र सामाजिक अभियानमा सक्रिय रहेका पाण्डे चुनाव नजिकिँदै जाँदा शुभचिन्तक तथा मतदातासँगको भेटघाटलाई अझै तीव्र बनाइरहेका छन् ।

विद्यार्थी जीवनदेखि नै सामाजिक सेवा तथा राजनीतिक क्षेत्रमा रुचि राख्दै आएका पाण्डे करिब दुई दशकदेखि काठमाडौं सहित देश–विदेशका विभिन्न शहरमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायिक जीवनमै रहँदा स्थानीय दीनदुःखी, विपन्न, दलित तथा असहाय परिवारलाई सहयोग पुर्‍याइरहेको स्थानीय अगुवाहरूको भनाइ छ ।

पकहामैनपुर–२ निवासी तथा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेका पाण्डेप्रति स्थानीयको भरोसा बढ्दै गएको समर्थकहरूको दाबी छ । नेकपा एमाले तथा नेपाली कांग्रेस दुबै पार्टीबाट टिकट पाउने सम्भावना रहेको बताइए पनि पाण्डेले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने खुलासा गरेका छैनन् ।

नेकपाका सह संयाेजक माधव नेपालसँग पनि उनी निकट रहेकाले नेकपाबाट पनि प्रतिस्पर्धामा आउने चर्चा छ । “हुनै बिरुवाको चिल्लो पात” जस्तै, पाण्डेको दवदबा बढ्दै जाँदा प्रतिस्पर्धी नेताहरू चिन्तित रहेको स्थानीयले बताएका छन् ।
सादा, हँसिलो र निडर स्वभावका पाण्डेले आगामी चुनावमा प्रतिस्पर्धा गर्ने पक्का पक्का भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...