Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सा क्षेत्र नं. ३ मा रुपेश पाण्डे सक्रिय: टिकट कसबाट ? अझै खुलासा छैन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीब्र बनेको छ । प्रतिनिधि सभा सदस्यमा चुनवा लडने तयारी अन्तर्गत पछिल्लो तीन वर्षदेखि गृहक्षेत्रमा निरन्तर जनसम्पर्क, गृहकार्य र सामाजिक अभियानमा सक्रिय रहेका पाण्डे चुनाव नजिकिँदै जाँदा शुभचिन्तक तथा मतदातासँगको भेटघाटलाई अझै तीव्र बनाइरहेका छन् ।

विद्यार्थी जीवनदेखि नै सामाजिक सेवा तथा राजनीतिक क्षेत्रमा रुचि राख्दै आएका पाण्डे करिब दुई दशकदेखि काठमाडौं सहित देश–विदेशका विभिन्न शहरमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायिक जीवनमै रहँदा स्थानीय दीनदुःखी, विपन्न, दलित तथा असहाय परिवारलाई सहयोग पुर्‍याइरहेको स्थानीय अगुवाहरूको भनाइ छ ।

पकहामैनपुर–२ निवासी तथा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेका पाण्डेप्रति स्थानीयको भरोसा बढ्दै गएको समर्थकहरूको दाबी छ । नेकपा एमाले तथा नेपाली कांग्रेस दुबै पार्टीबाट टिकट पाउने सम्भावना रहेको बताइए पनि पाण्डेले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने खुलासा गरेका छैनन् ।

नेकपाका सह संयाेजक माधव नेपालसँग पनि उनी निकट रहेकाले नेकपाबाट पनि प्रतिस्पर्धामा आउने चर्चा छ । “हुनै बिरुवाको चिल्लो पात” जस्तै, पाण्डेको दवदबा बढ्दै जाँदा प्रतिस्पर्धी नेताहरू चिन्तित रहेको स्थानीयले बताएका छन् ।
सादा, हँसिलो र निडर स्वभावका पाण्डेले आगामी चुनावमा प्रतिस्पर्धा गर्ने पक्का पक्का भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...