Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

राप्रपा समानुपातिक प्रदेशसभा सदस्य कञ्जन बिच्छा पदमुक्त

spot_img
spot_img

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महिला तर्फ समानुपातिक सांसद कञ्जन बिच्छालाई पदमुक्त गरिएको छ।

मधेस प्रदेशसभा सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाइएकाे जानकारी सार्वजनिक गरेको हो।

राप्रपाले पार्टीको नीति विपरीत क्रियाकलाप गरेको आरोपस्वरूप बिच्छालाई यसअघि छ महिनाका लागि साधारण सदस्य पदबाट नै निलम्बन गरेको थियो। सोही आधारमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार बिच्छालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको र सो सम्बन्धी पत्र सचिवालयमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

प्रदेशसभा सचिवालयकाे भनाइअनुसार, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम निलम्बित सदस्यलाई प्रदेशसभा सदस्य पदबाट हटाई आवश्यक कारबाहीकाे प्रक्रिया अघि बढाउन अनुरोध आएको हो।

प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम १९० लगायतका कानुनी व्यवस्थाअनुसार बिच्छालाई सदस्य सूचीबाट हटाइएको सचिवालयले स्पष्ट पारेकाे छ। सार्वजनिक गरिएको विज्ञप्तिमा प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाको हस्ताक्षर छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...