Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजमा वृक्षारोपण अभियान ३४औँ दिनमा जारी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरलाई हरियालीयुक्त, स्वच्छ र सौन्दर्यपूर्ण शहरका रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको बृहत वृक्षारोपण तथा हरियाली संरक्षण अभियान लगातार ३४औँ दिन पनि सशक्त रूपमा अगाडि बढेको छ ।

वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त सहकार्यमा चलिरहेको अभियानले सीमाक्षेत्रको वातावरणीय सुधारमा उल्लेखनीय योगदान पुर्याइरहेको छ ।

आजको कार्यक्रममा भारतीय दूतावास बिरगंजका कन्सुल (ICS) मनिष कुमार दास विशेष अतिथिका रूपमा उपस्थित रहे । उनले अभियानको प्रशंसा गर्दै नेपाल–भारत सीमावर्ती क्षेत्रको वातावरणीय संरक्षण, मैत्रीपूर्ण सम्बन्ध र सामुदायिक सहकार्यमार्फत साझा फाइदा हुने बताए । दासले बिरुवा रोपेर मात्र नभई दीर्घकालीन संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरीका पदाधिकारी, ग्रीन सिटी सेवा केन्द्रका प्रतिनिधि, स्थानीय अगुवाहरू तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो । सुरक्षानिकायका प्रतिनिधिहरूले सीमाको सुरक्षासँगै वातावरणीय जिम्मेवारी पनि महत्वपूर्ण रहेको जनाउँदै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

अभियान सुरु भएको ३४ दिनको अवधिमा सयौँ बिरुवाहरू विभिन्न स्थानमा रोपिएका छन् । संरक्षण सुनिश्चित गर्न तारजाली, बाँस संरचना, नियमित सिँचाइ जस्ता व्यवस्थाहरू मिलाइएको आयोजक पक्षले जनाएको छ । स्थानीय बासिन्दा र व्यापारीहरूको बढ्दो सहभागिताले अभियान जनस्तरमा लोकप्रिय बन्दै गएको बताइएको छ ।

आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय हरियाली गतिविधि तथा समुदायसँग समन्वय विस्तार गर्दै अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी आयोजकहरूले दिएका छन् ।

वीरगंज महानगरपालिका तथा सुरक्षानिकायहरूको सहकार्यमा अघि बढिरहेको यो अभियानमा भारतीय दूतावास अधिकारीको सहभागिताले कार्यक्रमलाई थप ऊर्जा, प्रोत्साहन र अन्तर्राष्ट्रिय मित्रताको सन्देश दिएको आयोजकहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...