Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सिटीनेट नेपालको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न

विपद जोखिम न्यूनीकरण केन्द्र स्थापना गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । देशभरका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा सम्पन्न बैठकमा शहरी विकासका चुनौती, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा आगामी वर्षको कार्ययोजना विषयक विस्तृत छलफल गरिएको थियो ।

वीरगंज महानगरपालिकाको आयोजनामा भएको बैठकले विपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । त्यस्तै, विपद कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक, सचिवालय दर्ता लगायतका निर्णयहरू गरिएको छ । यसैक्रममा जेठ महिनामा अर्को बैठक गोदावरी नगरपालिकामा गर्ने समेत तय गरिएको छ ।

बैठकमा विपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्रा. डा. आममोदनी दीक्षित र डा. गणेश कुमार जिमीले स्थानीय तहको अग्रणी भूमिका, जलवायु परिवर्तनका प्रभाव, प्रकोप न्यूनीकरण तथा सार्वजनिक सचेतनाको आवश्यकता विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रमको उद्घाटन सिटीनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगंज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गरे । कार्यक्रममा काठमाडौं महानगर प्रमुख बालेन शाहका दिवंगत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगंज महानगर उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गरे ।

सिटीनेटमा एसिया–प्रशान्त क्षेत्रका १०३ सदस्य रहेको छ । नेपालमा मात्रै १६ स्थानीय तह सदस्य रहेका छन्, जसमा वीरगंज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका सामेल छन् । सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो ।

समापन सत्रमा नगरप्रमुख सिंहले बैठकका सुझावले विपद व्यवस्थापनमा प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गरे । समापन सम्बोधन सिटीनेट अध्यक्ष कोइरालाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...