Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रक्सौलबाट नाबालिग किशोरी उद्धार

spot_img
spot_img

वीरगंज । मानव तस्करी तथा शोषणको उद्देश्यसहित नेपाल लैजाँदै गरिएको एक नाबालिग किशोरीलाई एसएसबि अन्तर्गत मानव तस्करी रोधी इकाई (AHTU) BIT–47 वी वाहिनी तथा प्रयास जैक सोसाइटी (NGO) को संयुक्त टोलीले उद्धार गरेको छ । रक्सौलको मैत्री पुल नजिक संदेहका आधारमा गरिएको जाँचपछि किशोरीको सुरक्षित उद्धार सम्भव भएको हो ।

टोलिले जाँचका क्रममा एक पुरुष र बुर्का लगाएकी किशोरीलाई रोकेर सोधपुछ गर्दा पुरुषले आफू मोहम्मद अजमुल्ला अली र किशोरी सलीमा बेगम रहेको भन्दै झूटो विवरण दिएको थियो । तर अनुसन्धानमा पुरुष मुस्लिम र किशोरी हिन्दू समुदायको रहेको तथा जबरजस्ती बुर्का लगाइ धर्म परिवर्तन गर्न दबाब दिइएको खुलासा भयो ।

सोसल मिडियाबाट प्रेमजाल, विवाह नाममा शोषण

छुट्टाछुट्टै काउन्सिलिङपछि नाबालिगले बताएकी छिन्— आरोपित अली पश्चिम चम्पारण, बिहारको बासिन्दा हो । उसले सोसल मिडियामार्फत प्रेममा फसाई १३/११/२५ मा घरबाट भगाई गुरुग्राम (हरियाणा) लगेको र त्यहाँ विवाहको प्रलोभन देखाई शारीरिक शोषण गरेको आरोप लगाइन् ।

उनका अभिभावकले छोरी अपहरणमा परेको भनी स्थानीय प्रहरीमा उजुरी गरिसकेका थिए । प्रहरी खोजीबाट बच्न आरोपीले हरियाणाबाट नेपाल तर्फ भाग्ने योजना बनाएको तथा पहिले दुबईमा काम गरेको समेत खुलेको छ ।

कानूनी कारबाहीका लागि प्रहरीमा बुझाइयो

उद्धारपछि नाबालिग किशोरी र आरोपी पुरुष दुवैलाई आवश्यक दर्ता–अनुसन्धानका लागि रक्सौलस्थित हरैया थानामा बुझाइएको छ ।

उद्धार कार्यमा AHTU इन्स्पेक्टर विकास कुमारसहित खेमराज, विभा कुमारी, लाभा पी., के. इन्द्रा, सदर मोनिका तथा प्रयास जुभेनाइल एड सेन्टर (पूर्वी चम्पारण) की परियोजना समन्वयक आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता लगायतको संयुक्त टोली संलग्न रहेको थियो ।

उद्धारसँगै योजना बद्ध मानव तस्करी तथा धर्म परिवर्तनमार्फत हुने शोषणको अर्को घटना रोकिएको उद्धारकर्ताले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ...

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...