Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

आजपा पर्सा क्षेत्र नं. २ काे भेला मंसिर २२ गते, राष्ट्रिय अध्यक्ष प्रभु साहले सम्बाेधन गर्ने

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरी बजारमा यही मंसिर २२ गते आम जनता पार्टी (आजपा)को क्षेत्रीय भेला आयोजना हुने भएको छ । पर्सा क्षेत्र नं–२ मा हुने उक्त भेलामा आजपाका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष उपस्थितिको तयारी भइरहेको पार्टीले जनाएको छ ।

भ्रष्टाचार विरुद्ध कडा खबरदारी गर्ने उद्देश्यसहित आयोजित क्षेत्रीय भेलाको तयारी तीव्र गतिमा अगाडि बढेको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए । उनका अनुसार बिहीबार विभिन्न टोल–बस्तीका युवाहरूसँग भेटघाट र परामर्श गरी संगठन विस्तार तथा भेला तयारीको समीक्षा गरिएको छ ।

उक्त भेटघाटमा आजपा केन्द्रिय सचिवालय सदस्य रन्जु साह, पर्सा जिल्ला इन्चार्ज लखिन्द्र साह, पर्सा जिल्ला अध्यक्ष बिशवराज पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश अध्यक्ष कुशवाहाकाे भनाइमा, “जनताको अधिकार र परिवर्तनकाे पक्षमा आजपाले जनस्तरमा सशक्त अभियान सुरू गरेकाे छ । भ्रष्ट र विगतमा जनता साथ धोका गर्नेहरूसँग युवाहरू अब सम्झौता गर्दैनन् ।”

पार्टीले कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न स्थानीय कार्यकर्ता, युवाहरू र शुभेच्छुकहरूको सक्रिय सहभागिता सुनिश्चित गरिरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...