Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

आजपा पर्सा क्षेत्र नं. २ काे भेला मंसिर २२ गते, राष्ट्रिय अध्यक्ष प्रभु साहले सम्बाेधन गर्ने

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरी बजारमा यही मंसिर २२ गते आम जनता पार्टी (आजपा)को क्षेत्रीय भेला आयोजना हुने भएको छ । पर्सा क्षेत्र नं–२ मा हुने उक्त भेलामा आजपाका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष उपस्थितिको तयारी भइरहेको पार्टीले जनाएको छ ।

भ्रष्टाचार विरुद्ध कडा खबरदारी गर्ने उद्देश्यसहित आयोजित क्षेत्रीय भेलाको तयारी तीव्र गतिमा अगाडि बढेको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए । उनका अनुसार बिहीबार विभिन्न टोल–बस्तीका युवाहरूसँग भेटघाट र परामर्श गरी संगठन विस्तार तथा भेला तयारीको समीक्षा गरिएको छ ।

उक्त भेटघाटमा आजपा केन्द्रिय सचिवालय सदस्य रन्जु साह, पर्सा जिल्ला इन्चार्ज लखिन्द्र साह, पर्सा जिल्ला अध्यक्ष बिशवराज पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश अध्यक्ष कुशवाहाकाे भनाइमा, “जनताको अधिकार र परिवर्तनकाे पक्षमा आजपाले जनस्तरमा सशक्त अभियान सुरू गरेकाे छ । भ्रष्ट र विगतमा जनता साथ धोका गर्नेहरूसँग युवाहरू अब सम्झौता गर्दैनन् ।”

पार्टीले कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न स्थानीय कार्यकर्ता, युवाहरू र शुभेच्छुकहरूको सक्रिय सहभागिता सुनिश्चित गरिरहेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...