Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वीरगंजमा मनाइयो अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस

spot_img
spot_img

वीरगंज । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार वीरगंजमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । सरकार, विभिन्न सरोकारवाला निकाय तथा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले प्रभातफेरी, शुभकामना आदानप्रदान र कोणसभाजस्ता कार्यक्रम आयोजना गर्दै दिवस मनाएका हुन् ।

समृद्ध समाजका लागि युवा सशक्तीकरण, गैरसरकारी संस्था महासंघ पर्सा, विभिन्न क्लबहरुको समन्वयमा घण्टाघरबाट निस्किएको प्रभातफेरी माइस्थान पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न राज्यका सबै संरचनाले उत्तरदायी भूमिकामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सेवा, सुविधा र अवसरको पहुँचलाई स्थानीय तहमै प्रभावकारी बनाउँदै समावेशी समाज निर्माणका लागि सबै क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहने बताए । ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने नारासहित भएको कार्यक्रममा कन्या स्कुल र माउण्ट मकालुका विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए ।

सहभागीहरुले ‘अपाङ्गता माथिको भेदभाव अन्त्य गरौँ’, ‘समावेशी र समतामूलक समाज हाम्रो अभियान’, ‘अधिकारको सुनिश्चितता हाम्रो ऐक्यबद्धता’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दहालसहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेल, सामाजिक अभियन्ता प्रकाश थारु, प्रहरी नायब उपरीक्षक राजु कार्की, गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, कन्या स्कुलकी प्रधानाध्यापक अनिता साह, कञ्चनजंघा स्कुलका प्रबन्ध निर्देशक मार्टिन मोक्तान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, लाइफ नेपालकी कन्चन कोइरालालगायतको उपस्थिति रहेकाे समृद्ध नेपालका लागि युवा सशक्तीकरणका अध्यक्ष महेश साह कानुले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि डिसेम्बर ३ मा विश्वभर दिवस मनाउन थालिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...