Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

मदरसा शिक्षा विधेयकको विरोधमा वीरगंजमा मुख्यमन्त्री यादवको पुत्ला दहन

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगंजमा तीव्र विरोध भएको छ । निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्व हिन्दू परिषद् नेपाल, वीरगंजले मुख्यमन्त्री यादवको पुत्ला दहनसहित बृहत् विरोध प्रदर्शन गरेको हो ।

सर्वोच्च अदालतको आदेश विपरीत मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेको भन्दै प्रदर्शनकारीहरूले सवाल उठाएका छन् । उक्त बैठक मार्फत शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा विधेयक तर्जुमा अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान भएको थियो ।

यसअघि पनि लालबाबु राउत नेतृत्वको सरकारकालमा मदरसा शिक्षा विधेयक ल्याउने प्रयास भएको थियो । तीव्र विरोधका कारण त्यो बेला विधेयक स्थगित भएको स्मरण गर्दै प्रदर्शनकारीहरूले पुनः अघि सारिएको प्रयास विवादास्पद भएको तर्क गरेका छन् ।

वीरगंजकाे घन्टाघर क्षेत्रबाट निकालिएको मशाल जुलुसमा सहभागीहरूले शिक्षा प्रणालीलाई धार्मिक आधारमा विभाजन गर्ने षड्यन्त्र तत्काल रोक्न चेतावनी दिएका थिए । निर्णय प्रदेशको सामाजिक सद्भाव र संवेदनशीलतामाथि आघात पुग्ने भन्दै उनीहरूले विधेयक तत्काल खारेज गर्न माग गरे ।

मशाल जुलुसमा परिषद्का पदाधिकारी, स्थानीयवासी तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...