Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बारा क्षेत्र नं. ४ मा आजपाको क्षेत्रीय भेला यही २३ गते, तयारी तीव्र

spot_img
spot_img

वीरगंज । भ्रष्टाचारविरुद्धको भण्डाफोर अभियानलाई सशक्त बनाउँदै आम जनता पार्टी (आजपा) ले यही मंसिर २३ गते बाराको रामपुरको पानगाछी चौकमा क्षेत्रीय भेला गर्ने भएको छ ।

परवानीपुर गाउँपालिका–२ को रामपुर टोलमा शुक्रबार बसेको युवाहरूको बैठकले पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गराउने निर्णय गरेको हो ।

भेलाको सफल आयोजनाका लागि विभिन्न कार्यविभाजनसमेत गरिएको बैठकमा जेनजी आन्दोलनका मागहरू पूरा गराउन यही २६ गते वीरगंजमा हुने मोटरसाइकल र्‍यालीमा व्यापक सहभागिताको तयारीबारे पनि छलफल भएको आजपाले जनाएको छ ।

बैठकमा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पार्टी जिल्ला अध्यक्ष राजकिशोर साह, केन्द्रीय सदस्य राकेश बैठालगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...