Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

मधेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

spot_img
spot_img

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरिएको भन्दै ७३ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देशन जारी गरेको हो।

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले तात्कालिन रूपमा विश्वासको मतका लागि प्रस्ताव प्रदेशसभामा प्रस्तुत गर्नुपर्नेछ। विश्वासको मत पाएमा उनी पदमा निरन्तर रहनेछन्, तर मत प्राप्त नभएमा नयाँ राजनीतिक विकल्प अघि बढाउनुपर्ने सर्वोच्चले जनाएको छ।

यसबाहेक, सर्वोच्चले प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) अनुसार नयाँ संयुक्त सरकार गठनको प्रक्रिया सुरु गर्न आवश्यक व्यवस्थापन मिलाउन पनि आदेश दिएको छ। यससँगै मधेशको राजनीतिक वातावरण फेरि तातेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...