Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा हरित विद्यालय र डिजिटल सीप विकाससम्बन्धी दुई दिने क्षमता विकास प्रशिक्षण सम्पन्न

spot_img
spot_img

वीरगंज । दिगो भविष्यका लागि हरित विद्यालय निर्माण र सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको डिजिटल सीप विकास उद्देश्यले आयोजित दुई दिने क्षमता विकास कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। बारा, पर्सा र रौतहटका सिभिल सोसाइटी संस्थाहरूलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यसहित ‘कारखाना समूह’ले प्रशिक्षण आयोजना गरेको हो।

कार्यक्रमको पहिलो दिन वातावरणीय सचेतना, जलवायु परिवर्तनका असर र विद्यालयमा हरित अभ्यास लागू गर्ने आधारभूत अवधारणामाथि प्रशिक्षण दिइयो। वन्यजन्तु संरक्षण संघ नेपालका राजेश्वर रिजाल र बृन्दा देवानले बालबालिका–प्रकृति सम्बन्ध कमजोर हुँदै गएको अवस्थाको विश्लेषण गर्दै फोहोर व्यवस्थापन, ऊर्जा–मैत्री विद्यालय मोडेल, ईको क्लब सञ्चालन र व्यवहारिक वातावरणीय अभ्यासबारे प्रशिक्षण प्रदान गरे।

हरित विद्यालय निर्देशिका २०७५ अनुसार विद्यालयमै सहज रूपमा लागू गर्न सकिने गतिविधिहरू—फोहोर छुट्याउने प्रणाली, कम्पोस्ट उत्पादन, आकाशे पानी संकलन, करेसा बारी तथा स्थानीय स्तरका पर्यावरणमैत्री कार्यक्रमबारे समूहगत छलफल गर्दै सम्भावित कार्ययोजना तयार पारिएको कारखाना समूहका मधेश प्रदेश संयोजक निरज मिश्रले जानकारी दिए।

दोस्रो दिनको प्रशिक्षण डिजिटल सीप र एआई उपकरणको व्यवहारिक प्रयोगमा केन्द्रित थियो। प्रशिक्षक मोहित महर्जन र सरस्वती पौडेलले प्रतिवेदन लेखन, दस्तावेज तयारी, तथ्य व्यवस्थापन, प्रस्तुति निर्माण तथा नियमित कार्यालयीन काममा एआईले कसरी समय बचत र कार्यक्षमता वृद्धि गर्न मद्दत गर्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिए। सामाजिक संघ–संस्थाको दैनिक काममा उपयोगी हुने विभिन्न एआई उपकरणको प्रयोग विधि पनि सिकाइयो।

एआई प्रयोगले कार्यक्षमता, निर्णय क्षमतामा वृद्धि तथा संस्थागत व्यवस्थापन सहज हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले एआई सत्रले संगठनात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्।

प्रशिक्षणमा सहभागीहरूले आगामी दिनमा पनि यस्ता व्यावहारिक सीप वृद्धि केन्द्रित कार्यक्रम निरन्तर जारी राख्न आयोजक पक्षलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...