Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वीरगंजमा विविध कार्यक्रमसहित ३८ औँ विश्व एड्स दिवस मनाइयो

spot_img
spot_img

वीरगंज । एचआईभी परीक्षण, उपचार तथा सचेतना अभियानमा सक्रिय एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालले विविध कार्यक्रमसहित वीरगञ्जमा ३८ औँ विश्व एड्स दिवस मनाएको छ। दिवसको अवसरमा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित वक्तृत्वकला प्रतियोगिता, डिजिटल भ्वाइसेस च्यालेञ्जको पुरस्कार वितरण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको एएचएफ नेपालले जानकारी दिएको छ।

बाराको परवानीपुर गाउँपालिका–३ स्थित श्री भोजभगत माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की दिव्या कुमारी पाठक प्रथम, कक्षा १० की चाँदनी कुमारी राम द्वितीय र कक्षा १२ का सत्येन्द्र कुमार राम तृतीय भएका एएचएफ नेपालका मयंक गुप्ताले जानकारी दिए।

विजयी विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बलिराम प्रसाद सर्राफ, सहायक शिक्षक जयराम प्रसाद सर्राफ, जमील अन्सारी तथा विद्यार्थी जागरण मञ्चकी लक्ष्मी रानी साहले पुरस्कार प्रदान गरे। प्रतियोगिताका निर्णायकमा डा. अतुलेश कुमार चौरसिया, शिक्षा शाखा संयोजक रविन्द्र कुमार मिश्र र एआरटी सेन्टरकी इन्चार्ज ज्योति गुप्ता रहेका थिए। प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका ११ विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रधानाध्यापक सर्राफले प्रारम्भिक उमेरमै एचआईभी/एड्सबारे सही जानकारी दिन सके भ्रम र डर हट्ने उल्लेख गर्दै विद्यालयमै यस्तो कार्यक्रम हुनु सकारात्मक भएको बताए। एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले विद्यार्थीलाई एचआईभी/एड्सबारे सचेत र जिम्मेवार बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

यसै अवसरमा एएचएफ नेपालले आयोजना गरेको डिजिटल भ्वाइसेस च्यालेञ्जको पुरस्कारसमेत वितरण गरियो। १५ जनाको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जकी अर्पिता साह प्रथम, नेपालगञ्जका धिरज सुनार द्वितीय र वीरगञ्जका सञ्जु महतो तृतीय बने। उनीहरूलाई नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहले पुरस्कार प्रदान गरे।

डा. साहले एचआईभी/एड्सबारे सही जानकारी र समयमै उपचारले जोखिम कम हुने उल्लेख गर्दै विद्यालय तथा युवा लक्षित कार्यक्रम प्रभावकारी हुने बताए। एएचएफ नेपालको सहयोगले एआरटी सेन्टरको सेवा प्रवाहमा सुधार आएको पनि उनले बताए।

दिवसकै अवसरमा स्वास्थ्य कार्यालय पर्सा, एएचएफ नेपाललगायत विभिन्न संघ–संस्थाले संयुक्त रूपमा प्रभातफेरी आयोजना गरेका थिए। घण्टाघरबाट सुरु भएको प्रभातफेरी आदर्शनगर पुगेर समापन भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...