Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

एमाले ११औं महाधिवेशनका लागि पर्साबाट ३५ प्रतिनिधि चयन, अधिकांश ओली पक्षकै

spot_img
spot_img

वीरगंज । नेकपा एमालेकाे ११ औं महाधिवेशनकाे लागि पर्साबाट प्रतिनिधिहरुकाे टुंगाे लागेको छ । जिल्लाका चार वटै संसदिय निर्वाचन क्षेत्र र दलित प्रतिनिधि गरि ३५ जना प्रतिनिधि सहमतिमा चयन भएकाे प्रमुख निर्वाचन अधिकृत विनाेद गिरीले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ७ जना, क्षेत्र नम्बर ३ बाट ८ जना, क्षेत्र नं. ४ बाट ७ जना र दलित ४ जना गरी ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएको निर्वाचन गिरीले जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ वीरगंज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी, एमाले पर्सा जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, राजेन्द्र प्रसाद यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, महिला तर्फ मुना दाहाल, रन्जु कुमारी फुयाँल र सबिता गिरी र युवा तर्फ महम्मद निजाम चुनिएका छन् ।

क्षेत्र नम्बर २ बाट खुल्ला तर्फ मनाेज कुशवाहा, लियाकत अलि, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह कुर्मी, महिला तर्फ सीता लामा, रमिला खातुन र युवा तर्फ सन्तोष पासवान महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ३ बाट खुल्ला तर्फ पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, पूर्व प्रदेश मन्त्री प्रमोद कुमार जयसवाल, पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, नेता शिव प्रसाद पटेल, महिला तर्फ पाेखरिया नगरपालिकाकी उप मेयर रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन र युवा तर्फ रवि गुप्ता नेताहरुकाे सहमतिमा चुनिएका छन् ।

क्षेत्र नं. ४ बाट खुल्ला तर्फ जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मिया मन्सुरी, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज कुमार गुप्ता, ठाेरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, नेता बिरेन्द्र प्रसाद यादव, महिला ठाेरी गाउँपालिकाकी उपाध्यक्ष गाेकुली कुमारी रेग्मी, अंशु आनन्द र युवा तर्फ सुभाष साह कानु महाधिवेशन प्रतिनिधि चुनिएकाे निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

यसैगरी दलित काेटमा महाधिवेशन प्रतिनिधि मेघराज हजारा, सुरेश हजरा पासवान, महिला तर्फ प्रमशिला देवी र युवा तर्फ अनिल कुमार हजारा गरि ३५ जना प्रतिनिधि चुनिएका हुन् । पर्साबाट प्रतिनधि चुनिएका अधिकांश संस्थापन ओली पक्ष कै रहेकाे बुझिएकाे छ ।

प्रतिनिधि छनोटमा नातावाद–कृपावादको आरोप

यता प्रतिनिधि छनोट प्रक्रियामा नातावाद र कृपावाद हाबी भएको भन्दै तीव्र आलोचना बढेको छ। मंसिर ११ मा मनोनयन दर्ता गरिएका प्रतिनिधिहरू परिवार र निकट समूहका आधारमा चयन भएको आरोप कार्यकर्ताहरूले सामाजिक सञ्जालमा उठाइरहेका छन्। केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्ना छोरा रवि गुप्ता र जिल्ला इन्चार्ज प्रभु हजाराले छाेरा अनिल कुमार हजारालाई प्रतिनिधि बनाएको भन्दै आलोचना चर्किएको हो।

जिल्ला सचिव महेश दास र प्रचार प्रमुख सुन्दर कुर्मीले निर्वाचन घोषणा भइसकेको संवेदनशील अवस्थामा सहमतिमै प्रतिनिधि चयन गर्नु आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले सहमतिको नाममा नातावाद हाबी भएको कार्यकर्ताहरूको असन्तुष्टिप्रति नेतृत्व सचेत रहनुपर्ने सुझाव पनि दिएका छन्।

सचिवालय सदस्य बाबुराम खनाल र युवा नेता विक्की सिंहले समेत पर्सा एमालेमा भागबन्डा र परिवारवादले पार्टी कमजोर बनिरहेको टिप्पणी गर्दै नेतृत्वलाई बेलैमा सचेत हुन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...