Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ड्राइपोर्टबाट मानसिक रूपमा कमजोर पुरुषको उद्धार

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले वीरगंज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक जना मानसिक रूपमा कमजोर पुरुषलाई सोमबार दिउँसो उद्धार गरेको छ। आफ्नो नाम–थर बताउन नसक्ने अन्दाजी ३५ वर्षको ती पुरुषलाई दिउँसो ३:१५ बजे उद्धार गरी आश्रममा भर्ना गरिएको आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाबाट खटिएका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

आश्रम पुर्‍याएपछि उनीको सरसफाइ, नुहाइ–धुहाइ गराई आवश्यक हेरचाह गरिएको छ । अहिले डा. भरत गोईको निगरानीमा उनको स्वास्थ्य अवस्था अनुसार औषधोपचारको व्यवस्था मिलाइने आश्रमले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...