Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

विश्व एड्स दिवसमा एचआईभी प्रभावित विपन्नलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । विश्व एड्स दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसले एचआईभी संक्रमित तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरेको छ।

नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाको अध्यक्षता र रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशीको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कम्बल वितरण गरिएकाे हाे । सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका–४ का अध्यक्ष जगत प्रसाद साह कानु, रोटेरियन शशि रञ्जन कलवार, रोटेरियन सौरभ बर्णवाल लगायतको उपस्थिति रहेको थियो।

सूचीअनुसार पहिचान गरिएका एचआईभी प्रभावित विपन्न व्यक्तिहरूलाई जाडोबाट बचाउन न्यानो कम्बल वितरण गरिएको आयोजकले जनाएको छ। आगामी कठोर जाडो मौसममा यसले उल्लेखनीय राहत पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...