Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा हिन्दू सम्राट सेनाको जिल्ला समिति गठन

spot_img
spot_img

वीरगंज । वीरगञ्जस्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ युवाको उपस्थितिसहित निकालिएको मोटरसाइकल र्‍यालीले समारोहलाई झनै उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमअघि लालबंगला, आदर्शनगर, कुमहलटोल र बिरता चोक हुँदै “जाता–पाता भुलौँ, हिन्दू–हिन्दू भाइ भाइ”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नारासहित मोटरसाइकल र्‍याली निकालिएको थियो। युवाहरूले जोशजागरणमध्यै ऐक्यबद्धता प्रदर्शन गरेका थिए।

सो अवसरमा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समितिका पदाधिकारीहरू घोषणा गरिएको थियो। अध्यक्षमा विकास साह, वरिष्ठ उपाध्यक्षमा सन्तोष सर्राफ, उपाध्यक्षमा राकेश श्रेष्ठ, महासचिवमा प्रज्वल डंगोल, सचिवमा उदय नारायण गिरी, कोषाध्यक्षमा दिप नारायण यादव रहेका छन्। त्यस्तै, सल्लाहकारमा राजु साह, राजेश्वर साह र नरेश सर्राफ तथा सदस्यहरूमा दीपक महतो, प्रिश साह, आशिष मण्डल, ओम वर्नवाल, रञ्जित यादव, चेन्ना भैया लगायत चयन भएको जानकारी दिइयो।

कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह रहेका थिए। साथै केन्द्र र प्रदेशस्तरका केन्द्रीय संयोजक (न्यायिक विभाग) चन्दन सनातनी, केन्द्रीय महासचिव राकेश सनातनी, केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी, लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी, मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रुपेश सनातनी लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारी तथा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

आयोजकका अनुसार, यो कार्यक्रमले वीरगञ्जमा हिन्दू सम्राट सेनाको गतिविधि औपचारिक रूपमा सक्रिय हुँदै गएको सन्देश दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...