Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा पर्साद्वारा प्रतिनिधि सभा समानुपातिक उम्मेदवारकाे लागि आवेदन आव्हान

मंसिर २५ भित्र आवेदन दिन सकिने

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सार्वजनिक गरेको छ । पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्कमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी साझा गरे।

सभापति पन्तका अनुसार उम्मेदवार छनोट प्रक्रिया पूर्ण पारदर्शी, योग्य, वैज्ञानिक तथा समावेशी बनाउन केन्द्रीय समितिले स्पष्ट मापदण्ड तय गरेको छ। चयनका क्रममा पार्टीको जिम्मेवारी बोकिसकेका नेता, लिडरशिप क्षमता, राजनीतिक नजिकपन, समावेशी प्रतिनिधित्व, प्रारम्भिक निर्वाचनजस्ता तत्वलाई उच्च प्राथमिकताका साथ हेरिने बताए।

उम्मेदवार हुनका लागि कानुन अनुसार अयोग्य नठहरिने, स्पष्ट प्रहरीले रिपोर्ट हुने, कुनै कालोसूचीमा नपर्ने, पारिवारिक आधारभूत आवश्यकता पूरा गर्ने, पारदर्शी आम्दानी स्रोत प्रमाणित गर्न सक्ने, सम्पत्ति विवरण पेश गर्ने, वरिष्ठ नेतृत्व र अनुशासन समितिबाट अयोग्य नठहरिने लगायत नौवटा प्रमुख योग्यता पूरा गर्नुपर्ने पन्तले स्पष्ट जानकारी दिए।

“नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, सुशासन, दिगो शान्ति र समृद्धिलाई अभिवृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी अहिलेबाट तीव्र बनाइएको छ,” पन्तले भने।

कार्यक्रममा केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमार, शिक्षा विभाग प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, सह–सचिव कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेश संचार प्रमुख राम सर्राफ, क्षेत्रिय सभापति जितेन्द्र मिश्र, राम सुन्दर आर्य, मनाेज कुर्मी सहित अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

रास्वपाले सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादनमुखी समाज निर्माणको लक्ष्यसहित आगामी निर्वाचन लक्षित गर्दै योग्य, इमानदार र सक्षम व्यक्तिहरूबाट उम्मेदवारी आवेदन माग गरेको छ।

इच्छुक व्यक्तिहरूले मंसिर २५ गतेभित्र पार्टीको आधिकारिक वेबसाइट www.rspnepal.org वा जिल्ला कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...