Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

कमला नगरपालिकाको पोखरी सौन्दर्यकरणमा भ्रष्टाचार: पूर्व नगर प्रमुखसहित ११ जनामाथि आरोप–पत्र दायर

spot_img
spot_img

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकामा भएको सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी भ्रष्टाचार प्रकरणमा तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ।

आयोगका अनुसार कमला नगरपालिका–३ लग्मा बजार नजिक रहेको पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण तथा सौन्दर्यकरण गर्ने आयोजना सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरिएको पाइएको छ। कम अंक कबोल गर्ने बोलपत्रदातालाई नदिई, बढी अंक कबोल गर्ने ईन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रा.लि.लाई ठेक्का प्रदान गरी भ्रष्टाचार गरिएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीहरूबाट रु २९ लाख ४४ हजार १३७.२९ रकम विगो कायम गरिएको छ र कैद तथा जरिवाना सजायको मागदाबी विशेष अदालतमा गरिएको छ। साथै सोही ऐनको दफा २४ बमोजिम अतिरिक्त सजायसमेत माग गरिएको आयोगले स्पष्ट पारेको छ।

आयोगले मुद्दामा तत्कालीन नगर प्रमुखसहित १० जना कर्मचारी तथा पदाधिकारी र ईन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रा.लि.लाई प्रतिवादीको रूपमा नामावलीमा समावेश गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...