Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

छिमेकी लघुवित्त सुवर्णपुर शाखाद्वारा ठोरी वृद्धाश्रमलाई खाद्यान्न सहायता

spot_img
spot_img

सेढवा । छिमेकी लघुवित्तीय वित्तीय संस्था लिमिटेड, सुवर्णपुर शाखाले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ठोरीस्थित वृद्धाश्रमलाई करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

सहयोगस्वरूप वृद्धाश्रमलाई १ क्विन्टल ५० किलोग्राम चामल, १ बोरा दाल, ५० किलोग्राम आलु, ३० किलोग्राम चिउरा, ५० किलोग्राम नुन, १५ लिटर खानेतेल र ४ पाकेट बिस्कुट उपलब्ध गराइएको संस्थाले जनाएको छ।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख विश्वनाथ सिग्देलले २५औँ वर्षगाँठलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अर्थपूर्ण बनाउन सहयोग गरिएको बताउँदै, “ज्येष्ठ नागरिकहरूको सेवामा योगदान दिन पाउँदा अत्यन्त खुशी लागेको छ,” भने।

सुवर्णपुर शाखाका प्रमुख ओमप्रकाश चौधरीले सेवा क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकहरूको खाद्यान्न आवश्यकतामा सहयोग पु–याउन पाउनु आफ्नो शाखाका लागि गर्वको विषय भएको बताए।

वृद्धाश्रमको तर्फबाट सन्तोष श्रेष्ठले छिमेकी लघुवित्तीय संस्थाप्रति धन्यवाद व्यक्त गर्दै, “यो सहयोगले आश्रमको दैनिक सञ्चालनमा ठूलो ऊर्जा र प्रेरणा मिलेको छ,” भन्दै संस्थाको सामाजिक पहलकदमीको प्रशंसा गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...