Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा विशेष अपरेशनमार्फत २१३ किलो गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रणका लागि निरन्तर निगरानी र Intelligence Led Operation सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत मङ्सिर मंगलबार विशेष सूचनाका आधारमा गरेको अपरेशनमा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार लागुऔषध दुर्व्यसनले समाजमा पार्ने गम्भीर प्रभावलाई ध्यानमा राख्दै प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताए।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल नेतृत्वको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ बटसौरामा खेतको परालको कुन्यु भित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१३ किलोग्राम (दुई क्विन्टल १३ किलोग्राम) गाँजा बरामद गरेको छ। गाँजा २० वटा पोकामा प्याक गरेर राखिएको पाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए।

सशस्त्र प्रहरीले घटनास्थलबाट बरामद लागुऔषध आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...