Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा विशेष अपरेशनमार्फत २१३ किलो गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रणका लागि निरन्तर निगरानी र Intelligence Led Operation सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत मङ्सिर मंगलबार विशेष सूचनाका आधारमा गरेको अपरेशनमा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार लागुऔषध दुर्व्यसनले समाजमा पार्ने गम्भीर प्रभावलाई ध्यानमा राख्दै प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताए।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल नेतृत्वको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ बटसौरामा खेतको परालको कुन्यु भित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१३ किलोग्राम (दुई क्विन्टल १३ किलोग्राम) गाँजा बरामद गरेको छ। गाँजा २० वटा पोकामा प्याक गरेर राखिएको पाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए।

सशस्त्र प्रहरीले घटनास्थलबाट बरामद लागुऔषध आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...