Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

अयोध्या राममन्दिरमा धर्मध्वज स्थापना उत्सव : वीरगंजमा घर–घरमा भगवा ध्वज वितरण

spot_img
spot_img

वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले श्री सीताराम विवाह महोत्सव तथा भारतको अयोध्यास्थित भव्य श्रीराम मन्दिरको शिखरमा धर्मध्वज स्थापना भएको पवित्र अवसरमा मंगलबार एक विशेष धार्मिक कार्यक्रम सम्पन्न गरेको छ।

यस अवसरमा परिषद्का पदाधिकारी तथा स्वयंसेवकहरूले वीरगञ्ज महानगरका विभिन्न टोल–बस्तीमा पुग्दै करिब ५०० भन्दा बढी सनातनी परिवारहरूको घर–घरमा भगवा ध्वज तथा शुभकामना पत्र वितरण गरेका छन्। परिषद्का अनुसार अभियानको उद्देश्य सनातन धर्मप्रतिको आस्था, एकता र धार्मिक चेतना वृद्धिमा योगदान पुर्‍याउनु रहेको छ।

धर्मध्वज वितरणका क्रममा सहभागी युवा, महिला समूह तथा धार्मिक व्यक्तित्वहरूले घरधनीहरूलाई श्रीरामको आदर्श, मर्यादा संस्कृति र धर्मध्वजको आध्यात्मिक महत्वबारे संक्षिप्त रूपमा जानकारी पनि गराएका थिए।

कार्यक्रमका संयोजकहरूले भने, “अयोध्यास्थित श्रीराम मन्दिरमा धर्मध्वज स्थापना सम्पूर्ण सनातनीहरूका लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो। यही उल्लासमा हामीले वीरगञ्जका घर–घरमा भगवा ध्वज फहराउँदै धार्मिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाईरहेका छौँ।”

स्थानीय बासिन्दाहरूले पनि परिषद्को यस पहलको स्वागत गर्दै आफ्नो घरमा भेटिएको भगवा ध्वज श्रद्धापूर्वक आरोहण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमलाई सफल बनाउन परिषद्का स्वयंसेवकहरूले विभिन्न वडामा टोली बनाएर निरन्तर वितरण कार्य सञ्चालन गरेका छन्। परिषद्का अनुसार यो अभियान आगामी दिनहरूमा अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...