Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सराेज यादव नेतृत्वकाे प्रदेश सरकारकाे मन्त्री बन्दा कञ्चन बिच्छाको सांसद पद नै गयो

spot_img
spot_img

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी सांसद कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।

अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले विच्छालाई सांसद पदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार समितिको निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि लागू हुनेछ। उनले उक्त बैठक केही दिनभित्र बस्ने जानकारी दिए।

यसअघि राप्रपाले विच्छालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर उनले समयसीमा भित्र जवाफ नदिएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए।

तर, विच्छाले पार्टीको निर्देशन बेवास्ता गर्दै सरोज कुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री पद स्वीकार गरेकी थिइन्। मधेस प्रदेशमा राप्रपाबाट निर्वाचित एक्लो सांसद भएकी विच्छामाथि अब पार्टी कारबाही औपचारिक रूपमा लागू हुने बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...