Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बजेट नआएपछि पर्साको घरेलु कार्यालयकाे सीपमूलक तालिम ठप्प

spot_img
spot_img

वीरगंज । सरकारबाट बजेट नआएपछि पर्सा स्थित घरेलु तथा साना उद्योग विकास कार्यालयले यस वर्ष कुनै पनि सीपमूलक तालिम सञ्चालन गर्न नसकेको जनाएको छ। यस कारण करिब पाँच सयभन्दा बढी स्थानीय नागरिक, विशेषगरी महिला, युवती र दलित समुदायका युवाहरू तालिम अवसरबाट वञ्चित भएका छन्।

कार्यालय प्रमुख पवन पञ्जियारका अनुसार, “हरेक वर्ष यो समयमा ब्युटी पार्लर, सिलाइ–कटाइ, गाडी चालक, र दलित समुदायका लागि विशेष सीप विकास तालिमहरू सञ्चालन भइसकेका हुन्थे। तर यस वर्ष सरकारले बजेट विनियोजन नै नगरेकाले हामीलाई तालिम सञ्चालन गर्न गाह्रो भएको छ,” उनले भने।

उनका अनुसार दैनिक रूपमा कार्यालयमा सीप सिक्न इच्छुक युवाहरू आउने गरे पनि, बजेट अभावका कारण सबैलाई निराश पार्नुपरेको छ। “हामीसँग चाहना र योजना दुवै छन्, तर स्रोत अभावमा अहिलेका लागि खाली हात बस्नुपरेको छ,” पञ्जियारले दुःखेसो व्यक्त गरे।

यद्यपि, कार्यालयका अन्य नियमित कामहरू—नयाँ उद्योग दर्ता, नवीकरण, र फिल्ड भिजिट—सामान्य रूपमा जारी रहेको उनले बताए। साथै उनले सेवा ग्राहीहरूलाई कुनै बिचौलियाको फन्दामा नपरी कार्यालयसँग सिधा सम्पर्क गर्न आग्रह गर्दै, गलत गतिविधिमा संलग्न जो–कोहीमाथि कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिए।

पञ्जियारका अनुसार यदि सरकारले चाँडै ध्यान नदिए स्थानीय तहमा सीपमूलक तालिमको अवसर गुम्ने, र त्यसको परिणामस्वरूप धेरै युवाहरू स्वरोजगारको बाटोबाट वञ्चित हुने जोखिम बढ्दै जानेछ। उनले युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्ने अवसर सुनिश्चित गर्न सरकारसँग तत्काल बजेटको व्यवस्था गर्न आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...