Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकालाई यहाँस्थित भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पाँच थान ल्यापटप सहयोग गरेको छ।

गत भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए। त्यस घटनापछि प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ आइरहेका बेला उक्त सहयोगले कार्य सहज बनाउने अपेक्षा गरिएको छ।

आज महानगर कार्यालयमा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप वीरगंज महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गर्नुभयो। अग्रवालले भन्नुभयो, “वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

कार्यक्रममा महानगर प्रमुख सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भने, “भदौको घटनापछि सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले पुनःस्थापनामा ठूलो मद्दत पुर्‍याइरहेका छन्। हामी दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।

महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना तथा डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...