Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईमा पशु तस्करी रोक्न सभापति मिश्रको चेतावनी

spot_img
spot_img

वीरगंज । पछिल्ला केही दिनयता पर्साको छिपहरमाई गाउँपालिकामा पशु तस्करीविरुद्ध भइरहेका आन्दोलनका क्रममा संलग्न युवाहरूमाथि धम्की तथा डरधम्कीका घटना बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले गम्भीर ध्यानाकर्षण गराएका छन्।

मिश्रले तस्करी गर्नु “आमा बेच्नु सरह” भएको उल्लेख गर्दै दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सासँग जोडदार माग गरेका छन्।

उनी भन्छन्, “सद्भाव बिगार्ने तत्वमाथि निष्पक्ष छानबिन होस्, अन्यथा भोलि कुनै अप्रिय परिस्थिति उत्पन्न भए यसको जिम्मेवारी प्रशासनले लिनुपर्छ।”

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति मिश्रले पशु तस्करी नियन्त्रण र सामाजिक सद्भाव कायम राख्न सबै निकायलाई जिम्मेवार र सतर्क रहन आग्रह समेत गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...