Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सर्वोच्चद्वारा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै अन्तरिम आदेश

spot_img
spot_img

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई प्रारम्भिक रूपमा असंवैधानिक ठहर गर्दै तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने निर्णयमा संवैधानिक प्रश्न उठेको भन्दै न्यायालयले रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको हो।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पहिलो सुनुवाइमा ‘होटलमा मुख्यमन्त्री नियुक्ति’ विवादको विषयमा अन्तरिम आदेश जारी गर्दै यादवलाई हालका लागि काम गर्न रोक लगाएको छ।

यसैबीच, आजै मधेश प्रदेश सरकार गठन असंवैधानिक भएको दाबी गर्दै एमाले बाहेकका ७४ जना सांसदहरूले रिट निवेदन दर्ता गराएका छन्। उक्त रिटको अर्को सुनुवाइ भोलि तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...