Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गैर–संवैधानिक कदमविरुद्ध जनमत पार्टीद्वारा वीरगंजमा विरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम र त्यसकै आधारमा गैर–संवैधानिक रूपमा गरिएको मुख्यमन्त्री नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले आज वीरगंजको घन्टाघरमा विरोध प्रदर्शन गरेको छ।

विरोध सभामा बोल्दै पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले संघीयताको मूल भावना र मधेसको अधिकारमाथि भएको प्रहार सह्य नहुने चेतावनी दिए।

उनले भने, “संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाजलाई फेरि दबाउने खेल सुरु भएको छ, तर यो खेल अब सफल हुन दिइने छैन।”

सरार्फले गैर–संवैधानिक रूपमा सरकार गठनको निर्णय तुरुन्तै फिर्ता लिन माग गर्दै चेतावनी दिए कि “यदि यो कदम सच्याइएन भने जनमत पार्टी सडकमा झनै कडा आन्दोलनमा उत्रिनेछ।”

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदेश प्रमुख र नयाँ नियुक्ति प्रक्रियाको विरोधमा तीव्र असन्तुष्टि जनाए। सो क्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच तनाब र धक्का–मुक्का समेत भएको थियो।

जिल्ला अध्यक्ष सरार्फको नेतृत्वमा सम्पन्न विरोध कार्यक्रममा केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...