Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न, मेयर सिंहको सराहना

spot_img
spot_img

वीरगंज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, वीरगंज–विर्ता–०४, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम वीरगंज–१२ मुर्ली पोखरीको प्राङ्गणमा आज भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता प्रदर्शनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै नर्सिङ विद्यार्थीहरूलाई सेवा भावका साथ कार्य गर्न प्रेरित गर्नुभयो ।

विशिष्ट अतिथिका रूपमा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेल, क्याम्पसका प्राध्यापकहरू, विद्यार्थी, स्थानीय बासिन्दा तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा विद्यार्थीहरूले स्वास्थ्य जनचेतनामूलक मोडेल, पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य तथा विभिन्न रोग रोकथामका उपायहरूबारे जानकारी प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा सहयोगीका रूपमा वीरगंज महानगरपालिका वडा कार्यालय मुर्ली–१२ र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंजको सहयोग रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा आयोजक समितिले सहभागी विद्यार्थी, सहयोगी संस्था र उपस्थित अतिथिप्रति आभार व्यक्त गर्दै स्वास्थ्य चेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...