Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रहरी निरीक्षकहरूले मानवसेवा आश्रममा आश्रितहरूलाई गराए भोजन

spot_img
spot_img

वीरगंज । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्साका विभिन्न प्रहरी निरीक्षकहरूले आइतबार विहान मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई सामूहिक भोजन खुवाएका छन्।

उक्त सामाजिक कार्यमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर, ट्राफिकका वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेललगायतका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइएको थियो।

सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...