Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सांसद रहबर अन्सारीले संसदमा आफैंलाई मोसो दले

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेशसभाको बैठकमा आफैंलाई मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल समाप्त भएको भन्दै उनले संसदभित्रै यस्तो कदम चालेका हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्तिममा बोल्ने अवसर माग्दै सांसद अन्सारीले सभामुखसँग समय मागेका थिए । तर सभामुख रामचन्द्र मण्डलले उनको माइक बन्द गरेपछि उनी आक्रोशित बनेर आफ्नै अनुहारमा मोसो दलेका हुन्।

अन्सारीले दलहरू सत्ता र स्वार्थमा लिप्त भएको र जनताको आवाज बेवास्ता भइरहेको आरोप लगाउँदै प्रतीकात्मक रूपमा विरोध जनाएका हुन् । संसदभित्रको यस घटनाले सभामा एकछिन हलचल मच्चिएको थियो । अन्सारी तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित पर्साका प्रदेश सांसद हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...