Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

जनकपुरधाममा निजी अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चार राउन्ड अश्रुग्यास प्रहार

spot_img
spot_img

जनकपुरधाम । निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले अस्पताल बन्द गरेर जनकपुरधामको पिडारी चोकमा धर्ना बसेपछि मंगलबार साँझ प्रहरी र स्वास्थ्यकर्मीबीच झडप भएको छ ।

स्वास्थ्यकर्मीहरूले बिहानैदेखि सडक अवरुद्ध पारेर धर्ना सुरु गरेका थिए, जसका कारण पिडारी चोक क्षेत्र भएर सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो । साँझसम्म पनि बाटो नखुलेपछि प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाउने प्रयास गरेको थियो ।

प्रहरीले स्वास्थ्यकर्मीको समूहलाई हटाउन खोजेपछि उनीहरूले ढुंगामुढा गरेका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरूले निजी अस्पतालमा श्रमशोषण भइरहेको भन्दै आन्दोलन थालेका हुन् । उनीहरूको प्रमुख मागमा नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोकसेवा आयोगमार्फत विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने र हप्तामा अधिकतम ४२ घण्टाको काम सीमित गर्नुपर्ने जस्ता बुँदाहरू रहेका छन् ।

आन्दोलनरत स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयहरूले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले त्यसलाई कार्यान्वयनमा नल्याएको भन्दै आन्दोलन गर्न बाध्य हुनुपरेको हो ।

उनले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको बताए ।

स्वास्थ्यकर्मीहरूले आन्दोलनका कारण बिरामीको उपचार सेवामा समस्या उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने चेतावनी दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...