Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

सरकारको कामकाजले चुनावमा शंका बढायो: प्रभु साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन भएको ४५ दिन बितिसक्दा पनि आफ्नो मूल लक्ष्य हासिल गर्न असफल भएको आरोप लगाएका छन्।

शनिबार गोकर्णेश्वर नगर समितिले आयोजना गरेको विशेष भेलामा सम्बोधन गर्दै साहले सरकार चुनाव गराउने मूल उद्देश्यप्रति जिम्मेवार हुन र सुशासन कायम गर्न गम्भीर बन्नुपर्ने सुझाव दिए। उनले भने, “वर्तमान सरकारको चालामाला हेर्दा तोकिएकै मितिमा चुनाव हुनेमा आशंका पैदा भएको छ।”

साहले सुशीला सरकारले जेन–जी आन्दोलन को मूल मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै पुरानै व्यवस्था र संविधानबाट देशले निकास नपाउने दाबी गरे। उनका अनुसार, सरकारले आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरी उल्टै आन्दोलनमा सहभागी युवाहरूलाई धरपकड गरिरहेको छ। उनले भने, “यो सरकार जेनजीहरूको भावनामाथि खेलवाड गर्दैछ।”

उनले सरकार जनतासामू सार्वजनिक सम्पत्तिमा भएको क्षतिका यथार्थ विवरण पेश गर्न असफल भएको आरोप पनि लगाए। साहले भने, “सरकारले चुनावको लागि भयरहित वातावरण बनाउनुपर्नेमा उल्टै भय थप्ने काम गरिरहेको छ, नागरिकहरू अहिले सुरक्षाको प्रत्याभूतिको खोजीमा छन्।”

उनका अनुसार, भदौ २३ र २४ गतेका घटनाको अध्ययन गर्न गठित जाँचबुझ आयोगका सदस्यहरू नै धम्कीका कारण असुरक्षित भएका छन्। एमाले नेताहरूको धम्की भिडियो सार्वजनिक हुँदै गएको बताउँदै उनले सरकार निरीह बनेको टिप्पणी गरे।

साहले वर्तमान सरकारलाई चुनावी सरकारको रूपमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा बल दिए। उनले पाँच वर्षे म्यान्डेट पाएको सरकारझैँ व्यवहार गर्दै सरकार विदेशी सम्बन्धमा खलल पुर्याउने दिशातर्फ लागेको आरोप समेत लगाए।

प्रधानमन्त्री बनेको ४५ दिन बित्दा पनि मन्त्रिपरिषद् पूर्णता नदिनु कार्कीको असफलता भएको साहको टिप्पणी थियो। उनले थपे, “मन्त्री बनाउने भनेर केही व्यक्तिहरूको नाम लिने, राष्ट्रपति कार्यालयमा सिफारिश गर्ने अनि पछि काट्ने काम गर्दै सरकार नै अलमलमा परेको छ।”

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...