Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रदेशस्तरीय महिला संजालसँगको छलफल वीरगंजमा सुरु

spot_img
spot_img

वीरगंज । “महिलाको नेतृत्वका लागि अभियान बन्ने” भन्ने मूल नाराका साथ दलित महिला संघ वीरगंज, पर्साले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय महिला संजालसँगको छलफल कार्यक्रम शनिबार होटल बीरगंज गेटवेमा सुरु भएको छ।

कार्यक्रमको पहिलो दिन बारा, पर्सा र रौतहट जिल्लाबाट करिब ३० जना महिला नेतृ तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। दलित महिला संघ वीरगंज, पर्साकी अध्यक्ष निला रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रममा सहभागी महिलाहरूले प्रदेश र स्थानीय तहमा महिलाको राजनीतिक, सामाजिक र आर्थिक नेतृत्व सुदृढ बनाउनका लागि आवश्यक नीति, कार्यक्रम र रणनीति सम्बन्धी विचार–विमर्श गरेका थिए।

अध्यक्ष निला रामले महिलाहरू, विशेषगरी दलित समुदायका महिलाहरू, आफ्नो हक, अधिकार र पहिचानका लागि सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, “महिलाको नेतृत्व बिना समावेशी विकास सम्भव छैन, त्यसैले यो छलफल अभियानको रूपमा निरन्तर अघि बढाइनेछ।”

दुई दिने उक्त कार्यक्रम Women’s Fund Asia को सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रम आइतबार समापन हुने आयाेजक संघकी अध्यक्ष  रामले जानकारी दिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...