Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

घुस लिएको अभियोगमा वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध आरोपपत्र दायर

spot_img
spot_img

वीरगंज । दैलेख जिल्ला डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार कार्कीले गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानीको प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैया घुस मागी लिएको अवस्थामा अख्तियारको टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नती योजनाको अन्तिम भुक्तानी प्रक्रियामा सहजीकरणका नाममा घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसूरमा एक लाख बिगो कायम गरी कैद र जरिवानाको मागसहित बिहिबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...