Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जेन–जी आन्दोलनका घाइतेलाई परिचयपत्र लिन जिल्ला प्रशासन पर्साकाे सूचना

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई “घाइते परिचयपत्र” वितरणका लागि कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

गृह मन्त्रालयले २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको परिचयपत्र वितरण गर्न र भैपरी खर्च वापत राहत रकम उपलब्ध गराउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जारी गरेकाे सूचनामा हालसम्म पनि घाइते व्यक्तिहरूको तर्फबाट निवेदन प्राप्त नभएकाले परिचयपत्र र राहत वितरणमा समस्या भएको कार्यालयले जनाएको छ।

त्यसैले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले आफ्नो प्रमाणसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

उक्त सूचनासंगै पर्साका जेन-जि आन्दाेलनकाे क्रममा पर्साका घाइते व्यक्तिहरुकाे नामवली समेत सार्वजनिक गरेकाे छ । जस अनुसार पर्साका आन्दाेलनकाे क्रममा ३१ जना घाइते भएका छन् । जस मध्ये सब भन्दा बढी घाइते वीरगंज महानगरपालिकाका २८ जना छन् । त्यसैगरी जगरनाथपुर गाउँपालिका, ठाेरी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाका एक/एक जना गरि ३ जना घाइते रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...