Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

कर्तव्य ज्यान मुद्दाका फरार दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

पहिलो घटनामा, साहजिम मियाँ अन्सारीलाई अदालतबाट तोकिएको एक वर्ष कैद र १० हजार जरिवाना सजाय कार्यान्वयनका लागि बिहीबार बिहान ८:३० बजे वीरगंज–१७, अलौस्थित घरबाट विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनमाथि २०७८ साल वैशाख ३ गते आफ्नी श्रीमती रबिना खातुनलाई दाईजो विवादका कारण कुटपिट गरी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

त्यस्तै, अर्को घटनामा भुट्टा भन्ने २२ बर्षिय राज कुमार महताेलाई पनि प्रहरीले २०७८ साल वैशाख १५ गते वीरगंज–२१, परवानीपुरमा जंग बहादुर महतो भन्ने धर्मबीर महतोको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेकै अवस्थामा पक्राउ गरेको छ।

महतोलाई बुधबार साँझ करिब ६:४० बजे वीरगंज–१६, शंकराचार्य गेट नजिक सडकखण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार दुवै पक्राउ परेकालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...

पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था सरकारको असफलता : रन्जूकुमारी साह

वीरगंज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको...

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना सम्म पनि बाराका १० स्थानीय तहको खाता सञ्चालन भएन

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना सम्म पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लाका १६...