Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कर्तव्य ज्यान मुद्दाका फरार दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

पहिलो घटनामा, साहजिम मियाँ अन्सारीलाई अदालतबाट तोकिएको एक वर्ष कैद र १० हजार जरिवाना सजाय कार्यान्वयनका लागि बिहीबार बिहान ८:३० बजे वीरगंज–१७, अलौस्थित घरबाट विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनमाथि २०७८ साल वैशाख ३ गते आफ्नी श्रीमती रबिना खातुनलाई दाईजो विवादका कारण कुटपिट गरी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

त्यस्तै, अर्को घटनामा भुट्टा भन्ने २२ बर्षिय राज कुमार महताेलाई पनि प्रहरीले २०७८ साल वैशाख १५ गते वीरगंज–२१, परवानीपुरमा जंग बहादुर महतो भन्ने धर्मबीर महतोको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेकै अवस्थामा पक्राउ गरेको छ।

महतोलाई बुधबार साँझ करिब ६:४० बजे वीरगंज–१६, शंकराचार्य गेट नजिक सडकखण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार दुवै पक्राउ परेकालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...