Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नख्खु कारागारबाट फरार कैदी वीरगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । जेन जि आन्दोलनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार भएका लागुऔषध मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० रानीघाटका ३९ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो ।

साहलाई ललितपुर जिल्ला अदालतले लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद सजाय र १ लाख ५ हजार रुपैया जरिवानाको सजाय तोकेको थियो । उनी मिति २०८२ साउन २४ गते नख्खु कारागारबाट जेन जि आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार साह आफ्नै घरमा लुकीछिपी बसिरहेको सूचनाको आधारमा मंगलबार साँझ ५ः३० बजे पक्राउ गरिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...