Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नख्खु कारागारबाट फरार कैदी वीरगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । जेन जि आन्दोलनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार भएका लागुऔषध मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० रानीघाटका ३९ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो ।

साहलाई ललितपुर जिल्ला अदालतले लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद सजाय र १ लाख ५ हजार रुपैया जरिवानाको सजाय तोकेको थियो । उनी मिति २०८२ साउन २४ गते नख्खु कारागारबाट जेन जि आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार साह आफ्नै घरमा लुकीछिपी बसिरहेको सूचनाको आधारमा मंगलबार साँझ ५ः३० बजे पक्राउ गरिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...

पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था सरकारको असफलता : रन्जूकुमारी साह

वीरगंज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको...

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना सम्म पनि बाराका १० स्थानीय तहको खाता सञ्चालन भएन

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना सम्म पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लाका १६...