Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि युवाहरूको बलिदानप्रति बेवास्ता गरेको आरोप लगाउँदै तत्काल राजीनामा माग गरेका छन् । शनिबार पर्साको पर्सागढी नगरपालिकाकाे झिगनामा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारको भूमिका शंकास्पद रहेको भन्दै कडा प्रहार गरे ।

साहले भने, “भदौ २३ गते युवाहरूको छाती र टाउकोमा गोली हानियो । ती हत्यारालाई अहिलेसम्म कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको छ । गृहमन्त्री अर्याल नै लुरे परे ।”

उनले जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

साहका अनुसार वर्तमान सरकार युवाहरूको बलिदानको अपमान गर्दै हत्यारालाई जोगाउने प्रयासमा लागेको छ । उनले भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्यारुमाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरुङजस्ता आन्दोलनकारीविरुद्ध जाहेरी दर्ता गरिन्छ । अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन । यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन् ।”

साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको “राक्षसी प्रवृत्तिले” देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाउँदै अहिलेको सरकार “हत्याराको सेवामा समर्पित” रहेको टिप्पणी गरे ।

कार्यक्रममा उनले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दाहरू पनि उठाए । वीरगंजलाई देशको आर्थिक राजधानी बनाउने, नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालयको स्तरमा उकास्ने र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदानमा विकसित गर्नुपर्ने माग राखे ।

अन्त्यमा साहले भने, “यो सरकार चुनावी सरकार हो, तर यसको पहिलो दायित्व युवाहरूका हत्यारालाई कानूनी दायरामा ल्याउने हुनुपर्छ । जनताको धैर्यको पनि सीमा हुन्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...