Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सरकार देशलाई निकास दिन असमर्थ : प्रभु साह

spot_img
spot_img

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार देशलाई निकास दिन नसक्ने दाबी गरेका छन्।

शुक्रबार सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै साहले कार्की सरकारको उदय नै “अदृश्य शक्तिहरूको प्रभावमा भएको” बताउँदै यस्तो सरकारबाट देशले सही दिशा नपाउने टिप्पणी गरे।

उनले भने, “पुरानै संविधान र पुरानै व्यवस्था कायम राखेर अघि बढ्दा गन्तव्य पनि पुरानै नेपाल बन्नेछ। अबको निकास भनेको सरकारसँगै व्यवस्थाको पनि बदलाव हो — अन्तरिम सरकार र अन्तरिम संविधान।”

साहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले “देश र जनतालाई नबुझेको” आरोप लगाउँदै उनीहरूको नेतृत्वमा देश झनै संकटतर्फ गएको बताए। उनका अनुसार, “सुशीला कार्कीहरू फेक जेनजीहरूको सहारामा सत्तामा पुगेका हुन् र देशलाई अनन्तकालसम्म संकटमा धकेल्ने खेल गर्दैछन्।”

उनले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई “केपी ओली र आरजु राणा देउवाकै नयाँ भेरिएन्ट” को संज्ञा दिँदै, “यी नेताहरू जनताको भावनामा खेलबाड गर्दै व्यक्तिगत स्वार्थका लागि राजनीतिक डिलमा व्यस्त छन्,” भने।

साहका अनुसार प्रतिनिधिसभा चुनाव गराउने म्याण्डेट पाएको सरकार आफ्नै उद्देश्यबाट भट्किँदै “म्यानुपुलेशन र प्रचारमुखी राजनीति” मा केन्द्रित भएको छ। उनले अहिलेका मन्त्रीहरूलाई “सोसल मिडियाका हिरो तर जनसेवामा जिरो” को रूपमा व्याख्या गरे।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र जनभावना बुझ्न नसकेको आरोप लगाउँदै साहले उनको राजीनामा माग गरेका छन्। उनले भने, “यो सरकार देशलाई पार लगाउन सक्दैन, यसको जन्म नै शीतलनिवासको शीतल तापेर भएको हो। युवाहरूले पुरानो व्यवस्था र संविधानको विरोधमा गरेको विद्रोहलाई यिनीहरूले राजनीतिक रूपमा धोका दिए।”

साहले अन्त्यमा भने, “देशव्यापी रूपमा अब यो सरकारको भण्डाफोर गर्ने समय आएको छ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...