Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सिर्सिया नदी प्रदूषणको विरोधमा वीरगंजमा उद्योगका लेखापालमाथि कालो मोबिल छ्यापियो

spot_img
spot_img

वीरगंज । सिर्सिया नदी प्रदूषणका कारण आक्रोशित स्थानीयवासीहरूले वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापालमाथि कालो मोबिल (मोसाे) छ्यापेका छन्।

स्थानीयवासीका अनुसार कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ तयार गर्ने क्रममा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू प्रशोधन नगरी सिधै सिर्सिया नदीमा मिसाइँदा नदी अत्यधिक प्रदूषित र दुर्गन्धित बनेको छ । छठ पर्व नजिकिँदै गर्दा यसले व्रतालुहरू र स्थानीय बासिन्दाको स्वास्थ्यमा जोखिम पुर्‍याउने भन्दै लामो समयदेखि प्रदर्शन हुँदै आएको थियो।

एक सातादेखि जारी विरोध प्रदर्शनको क्रममा शुक्रबार करिब ३०–४० जना स्थानीयको समूह कम्पनी परिसरमा प्रवेश गरी हो-हल्ला गरेका थिए । सो क्रममा कम्पनीका लेखापाल जीतपुर निवासी काशीनाथ तिवारीमाथि कालो मोबिल छ्यापिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तिवारीले एक मिडियालाई अन्तर्वार्ता दिँदै गल्तीवश फोहोर पानी नदीमा मिसिएको स्वीकार गर्दै आगामी दिनमा यस्तो नदोहोर्‍याउने प्रतिबद्धता जनाइरहेका बेला स्थानीय युवाहरूले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै मोबिल छ्यापेका थिए।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बस्नेतका अनुसार घटनामा पीडितले अहिलेसम्म औपचारिक उजुरी नदिएको भए पनि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

‘पहिले पनि उद्योग र स्थानीयबीच फोहोर पानी नदीमा नहाल्ने सहमति भएको थियो,’ बस्नेतले भने, ‘तर पुनः त्यही समस्या दोहोरिएपछि विवाद भएको रहेछ । यदि मोबिल छ्याप्ने घटना प्रमाणित भयो भने कानुनी दायरामा ल्याइनेछ।’

स्थानीय अरुण कुमार मण्डलले जनप्रतिनिधि र सरोकारवाला निकायले नदी प्रदूषण नियन्त्रणमा बेवास्ता गरेको आरोप लगाएका छन् ।

मधेस प्रदेशमा छठ पर्व नदी किनारमै मनाइने भएकाले सिर्सिया नदीको प्रदूषणले धार्मिक र सार्वजनिक स्वास्थ्य दुवै पक्षमा चिन्ता थपेको स्थानीयहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...