Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

छठ पर्वको भोलिपल्ट मंगलबार मधेश प्रदेशमा सार्वजनिक विदा

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट कार्तिक ११ गते, मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशले शुक्रबार  एक सूचना प्रकाशित गर्दै मधेश प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित “२०८२ सालका थप विदा सम्बन्धी सूचना” अनुसार, यस वर्षको छठ पर्वको भोलिपल्टका दिन प्रदेशभर सार्वजनिक विदा रहने जनाएको छ ।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “मिति २०८२ साल कार्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।”

यससँगै छठ पर्व मनाउने श्रद्धालु र व्रतालुहरूलाई पर्वको समापनपछि आवश्यक धार्मिक तथा पारिवारिक कार्य सहज रूपमा सम्पन्न गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...