Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

छठ पर्वमा एक दिन मात्र विदा पुनर्विचार गर्न सरकारसमक्ष मधेसी अधिकृत समाजको आग्रह

spot_img
spot_img

वीरगञ्ज । मधेसी अधिकृत समाज, नेपालले छठ पर्वका अवसरमा विदा व्यवस्थामा पुनर्विचार गर्न संघीय सरकारसमक्ष ध्यानाकर्षण गराएको छ। समाजले चार दिनसम्म मनाइने यस पर्वमा एक दिन मात्र विदा उपलब्ध हुनु सांस्कृतिक रूपमा अन्यायपूर्ण र व्यवहारिक रूपमा अपूरो भएको बताएको छ।

समाजका अनुसार छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ। यसको विधि भाइटीका तथा गोवर्धन पूजाको दिनबाटै गोधन कुटेर सुरु हुन्छ। पहिलो दिनलाई ‘नहायखाय’, दोस्रो दिनलाई ‘खरना’, तेस्रो दिनलाई ‘सन्ध्या अर्घ’, र चौथो तथा अन्तिम दिनलाई ‘विहानी अर्घ’ भनिन्छ। अन्तिम दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ चढाएपछि लगातार ३६ घण्टाको कठोर व्रत समाप्त हुन्छ।

तर नेपाली क्यालेन्डरमा हाल षष्ठी तिथिका लागि मात्र एक दिनको विदा व्यवस्था गरिएको छ। समाजले भनेको छ — “संघीयता आएपछि संवत् २०७३ मा दुई दिन विदा दिने पहल भए पनि त्यो कार्यान्वयन हुन सकेन। छठ पर्वका तीन मुख्य दिनहरू — खरना, सन्ध्या अर्घ र बिहानी अर्घ — अत्यधिक व्यस्त र धार्मिक दृष्टिले महत्वपूर्ण हुने हुँदा त्यसअनुसार विदा मिलाउनुपर्छ।”

मधेसी अधिकृत समाजले संघीय सरकारसँग सामुदायिक वा राष्ट्रिय विदाको व्यवस्था मिलाउन आग्रह गर्दै छठ पर्वको सांस्कृतिक महत्त्वलाई सबै नेपालीको साझा पर्वका रूपमा स्वीकार गर्नुपर्ने जनाएको छ।

समाजले जारी गरेको वक्तव्यमा भनिएको छ —
“छठ पर्वमा सम्पूर्ण नेपालीहरूलाई वा कम्तीमा मधेशका स्थानीय तहहरूमा सामुदायिक विदाको व्यवस्था गरियोस्। राज्यले यस विषयमा पुनर्विचार गरोस्।”

समाजले अन्त्यमा सबै नागरिकमा छठी माईको शुभकामना, शान्ति, समृद्धि र आपसी सद्भावका कामना पनि व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...