Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छठ पर्वमा एक दिन मात्र विदा पुनर्विचार गर्न सरकारसमक्ष मधेसी अधिकृत समाजको आग्रह

spot_img
spot_img

वीरगञ्ज । मधेसी अधिकृत समाज, नेपालले छठ पर्वका अवसरमा विदा व्यवस्थामा पुनर्विचार गर्न संघीय सरकारसमक्ष ध्यानाकर्षण गराएको छ। समाजले चार दिनसम्म मनाइने यस पर्वमा एक दिन मात्र विदा उपलब्ध हुनु सांस्कृतिक रूपमा अन्यायपूर्ण र व्यवहारिक रूपमा अपूरो भएको बताएको छ।

समाजका अनुसार छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ। यसको विधि भाइटीका तथा गोवर्धन पूजाको दिनबाटै गोधन कुटेर सुरु हुन्छ। पहिलो दिनलाई ‘नहायखाय’, दोस्रो दिनलाई ‘खरना’, तेस्रो दिनलाई ‘सन्ध्या अर्घ’, र चौथो तथा अन्तिम दिनलाई ‘विहानी अर्घ’ भनिन्छ। अन्तिम दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ चढाएपछि लगातार ३६ घण्टाको कठोर व्रत समाप्त हुन्छ।

तर नेपाली क्यालेन्डरमा हाल षष्ठी तिथिका लागि मात्र एक दिनको विदा व्यवस्था गरिएको छ। समाजले भनेको छ — “संघीयता आएपछि संवत् २०७३ मा दुई दिन विदा दिने पहल भए पनि त्यो कार्यान्वयन हुन सकेन। छठ पर्वका तीन मुख्य दिनहरू — खरना, सन्ध्या अर्घ र बिहानी अर्घ — अत्यधिक व्यस्त र धार्मिक दृष्टिले महत्वपूर्ण हुने हुँदा त्यसअनुसार विदा मिलाउनुपर्छ।”

मधेसी अधिकृत समाजले संघीय सरकारसँग सामुदायिक वा राष्ट्रिय विदाको व्यवस्था मिलाउन आग्रह गर्दै छठ पर्वको सांस्कृतिक महत्त्वलाई सबै नेपालीको साझा पर्वका रूपमा स्वीकार गर्नुपर्ने जनाएको छ।

समाजले जारी गरेको वक्तव्यमा भनिएको छ —
“छठ पर्वमा सम्पूर्ण नेपालीहरूलाई वा कम्तीमा मधेशका स्थानीय तहहरूमा सामुदायिक विदाको व्यवस्था गरियोस्। राज्यले यस विषयमा पुनर्विचार गरोस्।”

समाजले अन्त्यमा सबै नागरिकमा छठी माईको शुभकामना, शान्ति, समृद्धि र आपसी सद्भावका कामना पनि व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...