Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगञ्जका अफताब आलम विश्व तेक्वान्दो च्याम्पियनसिप (G14) मा सहभागी हुने

spot_img
spot_img

वीरगंज । वीरगंज तेक्वान्दो दोजाङका उत्कृष्ट खेलाडी अफताब आलम (५४ केजी) आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप (G14) मा सहभागी हुन लागेका छन्। उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता अक्टोबर २४ देखि ३० सम्म चीनको उक्सी (Wuxi) सहरमा आयोजना हुँदैछ।

अफताबले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लागेका हुन्। नेपाल तेक्वान्दो संघले अफताबसहित अन्य खेलाडी र प्रशिक्षकलाई प्रतियोगिताका लागि बिदाइ गरेको छ।

संघका अनुसार पुरुष खेलाडीहरूमा सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) रहेका छन्।
त्यस्तै, महिला खेलाडीहरूमा सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) सहभागी हुँदैछन्। टोलीसँग प्रशिक्षकको रूपमा सयद हसन रेजा रहेका छन्।

विश्व च्याम्पियनसिपपछि खेलाडीहरू आगामी नोभेम्बर २ देखि ४ सम्म चीनमै सञ्चालन हुने “विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (G2)” प्रतियोगितामा समेत सहभागी हुने भएका छन्।

वीरगञ्ज तेक्वान्दो दोजाङका गुरु महमद सकिलले अफताब आलमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने, “हामी सबैलाई गर्व छ कि अफताब आलमजस्तो प्रतिभाशाली खेलाडीले हाम्रो दोजाङ र देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा कदम राख्दैछन्। उहाँको यात्रा सफल होस् र नेपालको नाम उज्जवल पारून्।”

त्यस्तै, अन्तर्राष्ट्रिय खेलाडी महमद वेसले पनि अफताबको सहभागितामा खुशी व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...