Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजमा लागुऔषधसहित दुई युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज–काठमाडौँ जाने सार्वजनिक यातायातको बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आइतबार साँझ करिब ८ः२० बजेको समयमा प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक  जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१४ स्थित सडक खण्डमा रात्री बस चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ५ र ६ मा सवार दुई युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र राज पाण्डे र भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना अन्तर्गत प्रसौनी तपसी टोलका १९ वर्षीय सचिन कुमार रहेका छन्।

उनहरूको झोलामा Tramadol-50 (Tramadol Hydrochloride) नामक प्रतिबन्धित लागुऔषधका गरी कुल २३,८८० क्याप्सुल (१०६१० रातो रंगका र १३२७० निला रंगका) फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी श्रीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...