Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा लागुऔषधसहित दुई युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज–काठमाडौँ जाने सार्वजनिक यातायातको बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आइतबार साँझ करिब ८ः२० बजेको समयमा प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक  जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१४ स्थित सडक खण्डमा रात्री बस चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ५ र ६ मा सवार दुई युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र राज पाण्डे र भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना अन्तर्गत प्रसौनी तपसी टोलका १९ वर्षीय सचिन कुमार रहेका छन्।

उनहरूको झोलामा Tramadol-50 (Tramadol Hydrochloride) नामक प्रतिबन्धित लागुऔषधका गरी कुल २३,८८० क्याप्सुल (१०६१० रातो रंगका र १३२७० निला रंगका) फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी श्रीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...

पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था सरकारको असफलता : रन्जूकुमारी साह

वीरगंज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको...

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना सम्म पनि बाराका १० स्थानीय तहको खाता सञ्चालन भएन

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना सम्म पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लाका १६...