Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजको रेल्वे रोडमा अज्ञात पुरुष मृत अवस्थामा फेला

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–८ स्थित रेल्वे रोडको सडक पेटीमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

आइतबार अन्दाजी दिउँसो १२:१५ बजेको समयमा अन्दाजी ३५/३६ वर्ष उमेरका मागी खाने पुरुष व्यक्ति मृत फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विर्तास्थित प्रहरी चौकीबाट प्रहरी निरीक्षक निरोज चौलागाईको कमाण्डमा खटिएको टोलीले मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाएको हो।

घटनास्थल इलाका प्रहरी कार्यालय घण्टाघरबाट करिब २०० मिटर पूर्वतर्फ पर्ने स्थानमा रहेको बताइएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...