Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

पर्सा र बारामा हैजाविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता, ७१ प्रतिशतले लगाए खोप

spot_img
spot_img

वीरगंज । बारा र पर्सा जिल्लामा सञ्चालित हैजाविरुद्धको खोप अभियानमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म दुबै जिल्लामा कुल लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार दुबै जिल्लामा १० लाख १८ हजार ६० जनामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप प्राप्त गरिसकेका छन् ।

पर्सामा छैँठौँ दिनसम्ममा छ लाख ५२ हजार १२९ मध्ये चार लाख ५६ हजार ७७८ जनाले र बारामा तीन लाख ६५ हजार ९३१ मध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लगाइसकेका छन् ।

हैजा फैलिएको जोखिमलाई मध्यनजर गर्दै पर्साका सबै स्थानीय तह र बाराका कलैया, जितपुर–सिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा एक वर्ष माथिका सबै उमेरका व्यक्तिलाई खोप दिइँदै आएको छ ।

डा. गौतमले भने, “हाल अभियानलाई भोलिसम्म निरन्तरता दिइनेछ । बाँकी जनसंख्या अनुसार तिहारपछि अर्को चरणमा पुनः खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजाको जोखिम न्यूनीकरणका लागि खोप अभियान सञ्चालन गरेको हो । सरकारी तथा गैरसरकारी निकायहरूका साथै मन्दिर, मस्जिद, बसपार्क, उद्योग, इँट्टाभट्टा र सिमानाका नाकाहरूमा खोप सेवा सञ्चालन भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...