Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

एमाले चुनावदेखि डरायो, देशलाई संकटतर्फ धकेल्दैछ : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई दिशाहीन गन्तव्यतर्फ लैजान खोजेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारले चुनाव गराउने लक्ष्य बिर्सेर सत्ता स्वार्थमा लिप्त भएको टिप्पणी गरे । उनले भने, “वर्तमान सरकारको हुती हेरेर नै जेन–जी आन्दोलनमा युवाहरुको नरसंहार गर्ने अधिनायकवादी केपी ओलीजस्ता शासकहरूले पुनः टाउको उठाउन थालेका छन् ।”

अध्यक्ष साहले प्रतिनिधिसभा चुनावको तयारीका लागि बनेको सरकारले अहिले जथाभावी निर्णय गर्न थालेको भन्दै राजदूतहरूलाई अकारण फिर्ता बोलाइएको घटनाप्रति असन्तोष जनाए । उनले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, “प्रधानमन्त्रीजी, तपाईंको जिम्मेवारी इलेक्सनमा ध्यान दिनु हो, राजदूत चयनमा होइन ।”

भारतका लागि नेपाली राजदूतलाई मात्र फिर्ता नबोलाइएको प्रश्न गर्दै साहले प्रधानमन्त्री कार्कीमाथि आरजु राणाको “खातिरदारी” गरेको आरोप पनि लगाए ।

त्यसक्रममा उनले एमाले अध्यक्ष केपी ओलीमाथि समेत प्रहार गर्दै भने, “ओलीले आफ्नो अपराध ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाएका छन् । जनताको अदालतमा उभिन डराउने नेतृत्व कहिल्यै सफल हुन सक्दैन ।”

साहले एमालेलाई चुनावबाट नभाग्न र देशलाई थप संकटमा नपार्न चेतावनी दिए । उनले भने, “एमालेका नेताहरू एकातिर चुनावमा भाग नलिने भन्छन्, अर्कोतिर आयोग र शीतल निवासमा चुनावी तयारी गर्छन् — यस्तो द्वैध चरित्र बन्द गर्नुपर्छ ।”

गृहमन्त्री ओमप्रकाश अर्यालप्रति समेत असन्तोष व्यक्त गर्दै साहले चुनावी वातावरण बनाउन जिम्मेवारीपूर्वक भूमिका खेल्न सुझाव दिए । उनले भने, “गृह प्रशासन चलाउने कुरा अदालतमा बहस गर्ने जस्तो सजिलो हुँदैन, त्यसैले गम्भीर भएर देशलाई चुनावतर्फ डोर्याउनुपर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...