Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

एमाले चुनावदेखि डरायो, देशलाई संकटतर्फ धकेल्दैछ : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई दिशाहीन गन्तव्यतर्फ लैजान खोजेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारले चुनाव गराउने लक्ष्य बिर्सेर सत्ता स्वार्थमा लिप्त भएको टिप्पणी गरे । उनले भने, “वर्तमान सरकारको हुती हेरेर नै जेन–जी आन्दोलनमा युवाहरुको नरसंहार गर्ने अधिनायकवादी केपी ओलीजस्ता शासकहरूले पुनः टाउको उठाउन थालेका छन् ।”

अध्यक्ष साहले प्रतिनिधिसभा चुनावको तयारीका लागि बनेको सरकारले अहिले जथाभावी निर्णय गर्न थालेको भन्दै राजदूतहरूलाई अकारण फिर्ता बोलाइएको घटनाप्रति असन्तोष जनाए । उनले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, “प्रधानमन्त्रीजी, तपाईंको जिम्मेवारी इलेक्सनमा ध्यान दिनु हो, राजदूत चयनमा होइन ।”

भारतका लागि नेपाली राजदूतलाई मात्र फिर्ता नबोलाइएको प्रश्न गर्दै साहले प्रधानमन्त्री कार्कीमाथि आरजु राणाको “खातिरदारी” गरेको आरोप पनि लगाए ।

त्यसक्रममा उनले एमाले अध्यक्ष केपी ओलीमाथि समेत प्रहार गर्दै भने, “ओलीले आफ्नो अपराध ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाएका छन् । जनताको अदालतमा उभिन डराउने नेतृत्व कहिल्यै सफल हुन सक्दैन ।”

साहले एमालेलाई चुनावबाट नभाग्न र देशलाई थप संकटमा नपार्न चेतावनी दिए । उनले भने, “एमालेका नेताहरू एकातिर चुनावमा भाग नलिने भन्छन्, अर्कोतिर आयोग र शीतल निवासमा चुनावी तयारी गर्छन् — यस्तो द्वैध चरित्र बन्द गर्नुपर्छ ।”

गृहमन्त्री ओमप्रकाश अर्यालप्रति समेत असन्तोष व्यक्त गर्दै साहले चुनावी वातावरण बनाउन जिम्मेवारीपूर्वक भूमिका खेल्न सुझाव दिए । उनले भने, “गृह प्रशासन चलाउने कुरा अदालतमा बहस गर्ने जस्तो सजिलो हुँदैन, त्यसैले गम्भीर भएर देशलाई चुनावतर्फ डोर्याउनुपर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...